घाइते ट्याक्टर चालकको मृत्यु

दैलेखः दैलेखको आठबीस नगरपालिकामा सोमबार साँझ भएको दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । सोमबार साँझ आठबीस नगरपालिका–२ साइखोला नजिक ट्याक्टर दुर्घटनामा परी घाइते भएका अछामको तुर्माखाद गाउँपालिका–६ का हिमाल माझीको मृत्यु भएको हो ।

सोमबार आठबीस नगरपालिकाको सिगौँडीबाट राकम कर्णालीतर्फ जाँदै गरेको भे २ त ४८६ नम्बरको खाली ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक माझी घाइते भएका थिए । घाइते माझीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा आज (मङ्गलवार) मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए ।

दुर्घटना लगतै ट्याक्टर चालक माझीको उद्धार गरी स्थानीय मेडिकलमा उपचार पश्चात् थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरी प्रमुख लम्सालले बताए । ट्याक्टरमा चालक मात्र रहेको बताउँदै घटनाका विषयमा सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार